कारले पछाडिबाट ठक्कर दिँदा रुखमा ठोक्कियो पिकअप, नौ जना घाइते

कारले पछाडिबाट ठक्कर दिँदा रुखमा ठोक्कियो पिकअप, नौ जना घाइते

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोवेनी बजार नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। टाँडी–मधुमल्ला भित्री सडकखण्डमा दुर्घटना हुँदा पिकअपमा सवार रहेकाहरु घाइते भएका हुन्। 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार टाँडीबाट मधुमल्लातर्फ गइरहेको को १ च ९६०२ नम्बरको पिकअपलाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ६११८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि पिकअप अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्कियो। 
घाइतेहरूलाई स्थानीयले तत्काल उद्धार गरी उर्लाबारीस्थित अरनिको अस्पताल पुर्‍याएका थिए। घाइतेमध्ये मध्यम अवस्थाकी मिक्लाजुङ–९ कसेनीकी ६५ वर्षीया जानकी दनुवारलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुने अन्यमा उर्लाबारी नगरपालिका–१ की २६ वर्षीया जमुना चौधरी, ३२ वर्षीया सविता दनुवार, ४५ वर्षीया दिलमाया तामाङ, ४४ वर्षीया गंगा मगर, ४८ वर्षीया छिरिङ तामाङ, ५३ वर्षीया शान्ता तामाङ, उर्लाबारी नगरपालिका–१ की १० वर्षीया जेशम दनुवार र ४२ वर्षीया देवी दनुवार रहेका छन्। उनीहरू सबैको अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य छ। 

प्रहरीले पिकअप चालक उर्लाबारी नगरपालिका–१ पिपलचोकका ५० वर्षीय मोहन दनुवार र कार चालक झापा दमक नगरपालिका–८ का ४५ वर्षीय मोहनकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार कारमा सवार व्यक्ति भने सकुशल रहेका छन्। प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको पत्ता लागेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.