यस्तो छ सीमावर्ती मेची किनारमा छठ पूजाको तयारी (तस्बिरसहित)

यस्तो छ सीमावर्ती मेची किनारमा छठ पूजाको तयारी (तस्बिरसहित)

झापा : नेपाल–भारतको सीमा भएर बग्ने भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ। आज बेलुका अस्ताउँदो सूर्य र भोलिपल्ट मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व हर्षोल्लासका साथ मनाउन मेची नदी नयाँ बेहुलीझैँ सिँगारिएको छ। 

जिल्लाकै सबैभन्दा फराकिलो र लामबद्ध छठ मनाइने मेची नदी पूर्वपट्टिको भागमा भारतीय व्रतालु र पश्चिम पट्टीको भागमा नेपालका व्रतालुले नदीलाई सङ्गम स्थल बनाएर सूर्य भगवानको पूजा आराधना गर्दै आइरहेकाले यहाँ मनाइने छठको कोशी प्रदेशमै छुट्टै पहिचान छ। भद्रपुर ५ स्थित मेची नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा सयौँ घाट निर्माण गरिएको छ। 

पूजा स्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फुल, विभिन्न रङ्गका अबिरसहित झिलिमिली बत्ती लगाएर सजावट गरिने काम पूरा भइसकेको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले जानकारी दिए। यहाँ मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आइरहेका छन्।  मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने अनुमान रहेको आयोजक समितिले जनाएको छ। 

सुरक्षाको दृष्टिकोणले पूजाको सामग्री बोक्ने तीन पांग्रे (ठेला भ्यान) र अशक्त, ज्येष्ठ नागरिकको हकमा सिटी सफारीलाई घाटसम्म जाने दिने निर्णय भएको छ। दुई पांग्रे, चार पांग्रे र ६ पांग्रे सवारी साधनाको हकमा देबीवस्तीको पशुपति प्रावि नजिकै रोकिने र भन्सार अगाडिबाट जाने ती सवारीसाधनलाई भद्रपुर माविमा पार्किङ गराइनेछ। 

नदी किनारमा हुने सम्भावित आपराधिक तथा उच्छृङ्खल गतिविधि रोक्न विभिन्न स्थानमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गर्न एक सय ५० बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। जिल्लाको मेचीसहित कन्काई, माई, निन्दा, हडिया, अदुवा, देउनियाँ, बिरिङ, रतुवा, कमल लगायतका नदी किनारहरूमा पनि छठको तयारी पूरा भएको छ। 

nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.