सञ्‍चालनमा आयो सर्वोच्च अदालतको वेबसाइट

सञ्‍चालनमा आयो सर्वोच्च अदालतको वेबसाइट
फाइल तस्बिर ।

काठमाडौं : जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालतले करिब डेढ महिनापछि आफ्नो वेबसाइट पूर्णरुपमा सञ्चालनमा ल्याएको छ। अदालतको सूचना प्रविधि महाशाखाले सोमबारदेखि वेबसाइटलाई पूर्णरुपमा सञ्चालनमा ल्याएको हो।

हेटौडामा रहेको 'ब्याकअप सेन्टर' बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको सूचना प्रविधि महाशाखाले जनाएको छ।

अदालतको वेबसाइट बन्द हुँदा मुद्दाको सुनुवाइ समेत प्रभावित भएको थियो। गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा सर्वोच्चसहित देशभर २३ वटा अदालतमा क्षति पुगेको थियो।

 

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.