नेदरल्यान्ड्सका म्याक्सवेल कर्णालीमा

नेदरल्यान्ड्सका म्याक्सवेल कर्णालीमा
फाइल तस्बिर ।

काठमाडौं : नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए। 

कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ। ‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं’, निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन्। त्यसैले हामीलाई पक्कै फाइदा पुग्नेछ।’ 

कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्सवाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपीएल खेल्दैछन्। ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टीट्वेन्टी खेल खेलिसकेका छन्। जसमा उनले दुई हजार तीन सय नौ रन बनाएका छन्। उनले एक शतक र १६ अर्धसतक बनाएका छन्। कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा अविजित एक सय ३३ रन बनाएका थिए। उनले नेदरल्यान्ड्सका लागि ६५ एकदिवसीय खेलमा दुई हजार एक सय ५३ रन बनाइसकेका छन्। 

दोस्रो संस्करणका लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट  नोभेम्बर ५ मा आयोजना गर्दैछ। २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.