किन बढ्दैछ स्तन क्यान्सर ?

किन बढ्दैछ स्तन क्यान्सर ?

स्तन क्यान्सर जागरण महिना— अक्टोबर । क्यान्सर जटिल जनस्वास्थ्य समस्याको रूपमा देखा परेको छ, ७० प्रतिशत मृत्यु क्यान्सरका कारण भएको देखिन्छ । अर्थात् मृत्यृको तेस्रो कारक यो बनेको छ, विकासशील तथा कम आय भएका देशहरूमा । विकसित देशमा भने यो मृत्यृको दोस्रो कारकका रूपमा रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा हरेक ६ को मृत्युमा एउटा क्यान्सरको कारणले हुन्छ ।

स्तन क्यान्सर : संगठनको प्रतिवेदनमा सन् २०२० मा विश्वभर २.३ मिलियन महिलामा स्तन क्यान्सर रहेको र मृत्यु ६ लाख ८५ हजारको भएको थियो । सन् २०२० को अन्तसम्ममा ६.८ मिलियन महिला क्यान्सर पीडित थिए । नेपालमा ग्लोबोकोन २०२० को तथ्यांकअनुसार ९.६ प्रतिशतमा दुवैमा स्तन क्यान्सर र मृत्यु ७.७ प्रतिशत छ भने महिलामा मात्र १७.१ प्रतिशत छ । त्यस्तै, संक्रमणदर प्रतिलाखमा २८.८३ प्रतिशत छ । विश्वमा महिलालाई लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी हरेक आठ महिलामध्ये एक महिला र हरेक १३ मिनेटमा एक जनाको मृत्युवरण गराउने स्तन क्यान्सर हो । स्तन क्यान्सर एक प्रतिशत पुरुषमा पाइन्छ । तथापि पछिल्लो समय यो बढ्दैछ । नेपालमा सात हजार बढीमा स्तन क्यान्सर छ । विकसित तथा पश्चिमी राष्ट्रहरूमा हरेक ८ महिलामा एक जना तथा एसियाली राष्ट्रमा हरेक २२ जनामा एक जनामा स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखिने गरेको पाइन्छ ।

के हो त स्तन क्यान्सर ? : स्तनमा भएका कोष–कोषिकाहरूमा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गा“ठागु“ठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । आजको वर्तमान विश्वमा सबैभन्दा बढी अनुसन्धान भइराखेको क्यान्सर पनि स्तन क्यान्सर नै हो । स्तन क्यान्सर फैलनु तथा ढिलो निदान हुनुमा महिला बढी पीडित हुने तर जा“च गर्ने पुरुष डाक्टर हुने भएकाले महिलाहरू लजाएर घरमै बस्दा, उपचार नगराउ“दा क्यान्सर नै बन्ने, क्यान्सर झन् फैलने र मृत्यु हुने अवस्था निम्तन्छ ।

जोखिम तथा सम्भाव्य तत्त्वहरू : पारिवारिक स्तन क्यान्सरको इतिहास, चाडै महिनावारी सुरु हुने तथा ढिलो महिनावारी सुक्ने महिला, विवाह नगरेका महिला तथा विवाह गरे पनि बच्चा नपाएका वा जन्माउने क्षमता नभएकाहरू जोखिममा हुन्छन् । त्यस्तै, ३० वर्षभन्दापछि पहिलो बच्चा जन्माएका, बच्चालाई स्तनपान नगराउने महिला, धेरै वर्षसम्म परिवार नियोजनको चक्की, गर्भ तुहिने औषधि, डिइस तथा विभिन्न हर्मोनको उपयोग, सानो उमेरमा अनावश्यक विकिरणको प्रयोग धेरै गरेका, अत्यधिक बोसो भएको खाद्य पदार्थको सेवन गर्ने पनि स्तन क्यान्सरको जोखिममा पर्छन् । नियमित रक्सी तथा चुरोटको सेवन गर्ने, व्यायाम नगर्ने तथा ज्यादै मोटी मधुमेही, स्तनमा पहिलेदेखि नै गा“ठागुँठी वा पुराना समस्या भएका र पहिला एउटा स्तनमा क्यान्सर भइसकेका व्यक्तिमा स्तन क्यान्सरको जोखिम रहन्छ । पुरुषमा पनि स्तन क्यान्सर देखिने जोखिममा हर्माेनको गडबढी, कलेजोमा समस्या आदि पर्छन् ।

लक्षण तथा चिह्नहरू : महिलाको दुवै स्तन समान नभई आकार र बनोटमा फरक देखिनु, स्तनको कुनै पनि भागमा दुख्ने वा नदुख्ने लाम्चो आकारको गिर्खा आउनु, स्तन सुन्निएर कडा भई दुख्न थाल्नु र स्तनको मुन्टाबाट रगत, पीप अथवा फोहोर पदार्थ आउनु र ब्रा भिजिरहेका हुनु स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनको मुन्टा सिधा बाहिरपट्टि नफर्की दाया“बाया“ बा घुमेर भित्रपट्टि फर्कनु, स्तनको छालामा रंग अथवा नरमपनामा केही परिवर्तन साह्रो देखा पर्नु, मुन्टो सुन्तलाको बोक्राको जस्तो प्वाल—प्वाल पर्नु, स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु, स्तनमा गिर्खा नदेखिए पनि काखीमा गिर्खा देखा पर्नु पनि स्तन क्यान्सरको लक्षण हो ।

निदान : नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीको पञ्जा लगाएको हातबाट स्तनको नियमित परीक्षण गराउनुपर्छ किनभने एक सेन्टिमिटरभन्दा सानो ट्युमर आफ्नो हातले छामेर पत्ता लाग्दैन । म्यामोग्राफी परीक्षण अर्को उपाय हो । म्यामोग्राफी प्रविधि स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने एक विशेष प्रकारको एक्स–रे परीक्षण हो । ४० वर्ष उमेर पुगिसकेकाले मेमोग्राफी दुई वर्षमा एक पटक गराउनु पर्छ । म्यामोग्राफीले ८५ प्रतिशत र ५ मिलिमिटर अर्थात् चामलको दानाजत्रो ट्युमर पत्ता लगाउँछ । स्तनमा भएका गिर्खाको कोष–कोषिकाहरू मसिनो सुईंले झिकेर— एफएनएसी, प्रयोगशालामा अध्ययन गरी क्यान्सर निदान गर्न यो परीक्षण गरिन्छ । स्तनको प्रभावित भागबाट सानो मासुको टुक्रा निकाली प्रयोगशालामा परीक्षण बायोप्सी गरी स्तन क्यान्सरको निदान गरिन्छ ।

उपचार : बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा विभिन्न उपचार विधि प्रयोग गरिन्छ । सुरुकै अवस्थामा पत्ता लागेर उपचार गरियो भने ९० प्रतिशत बिरामीमा निर्मूल वा क्यान्सरबाट मुक्त हुन्छन् । पहिलो, दोस्रो र तेस्रो अवस्थाको स्तन क्यान्सरको उपचार लक्ष्य क्यान्सर निको पार्ने र दोहोरिन नदिने ह¬न्छ भने चौथो अवस्थाको स्तन क्यान्सरमा उपचारको लक्ष्य लाÔणिक र आयु लम्ब्याउने खालको ह¬न्छ । आत्मबल र इच्छाशक्ति भए स्तन क्यान्सरबाट पनि मुक्त हुन सकिन्छ ।

रोकथाम : रोकथामका सामान्य उपायहरूमा बोसोयुक्त खानेकुरा नखाने, मद्यपान र सूर्ति सेवन नगर्ने, मोटोपन घटाउने, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउने, प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी, रेसादार खाना खाने, सधैं शारीरिक रूपमा तन्दुरुस्त रहने, इस्ट्रोजन हर्मोन, कीटनाशक औषधि ज्यादा प्रयोग नगर्ने, पारिवारिक आनुवंशिक इतिहास भएकाले नियमित मेमोग्राफी, उच्च सतर्कता अपनाउने र स्तन क्यान्सरबारे चेतनामूलक जानकारी उपलब्ध गर्ने गराउने गर्न जरुरी हुन्छ ।

अन्त्यमा, नेपालमा हरसमय एक लाखभन्दा बढी क्यान्सरपीडित छन् । वार्षिक ४० हजार बिरामी थपिन्छन् । रोकथाम गर्न खानपान, जीवनशैलीमा सजग होऔं र सुरुकै अवस्थामा पत्ता लगाउन स्वयं स्तन परीक्षण, नियमित स्वास्थ्य परीक्षण र म्यामोग्राफी गर्न जागरुक होऔं । ९० प्रतिशत स्तन क्यान्सर रोक्न सकिने र अन्यलाई समयमै पहिचान गरी उपचार गरी क्यान्सरबाट निर्मूल हुन सकिने भएकाले सबै जागरुक र सचेत बनौं ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.