घनश्याम भूसालको प्रश्न : मुलुक कतै राजनीतिक 'ब्ल्याक होल' तर्फ गइरहेको त छैन ?
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भूसालले जेनजी आन्दोलनपछिको परिस्थितिमा मुलुक राजनीतिक 'ब्ल्याक होल' तर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा बोल्दै उनले यी विषयमा बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए।
'जेनजी आन्दोलनपछि धेरै प्रश्न उठिरहेका छन्। संविधान समेत केही ठाउँमा भाँचिएको, मिचिएको छ। यो अवस्था त असाधारण हो,' उनले भने,' कतै मुलुक राजनीतिक 'ब्ल्याक होल' तर्फ त जाँदैछ? यसबारे बैठकमा गम्भीर समीक्षा हुनुपर्छ।'
नेता भूसालले नेकपा एसको एकताका बारेमा पनि बैठकमा समीक्षा हुने बताए। उनले पार्टी जीवनका लागि बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !