नेकपा एसको विवाद उत्कर्षमा पुगेका बेला ओलीले भने- अलमलमा नपर्नुस्, जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्

नेकपा एसको विवाद उत्कर्षमा पुगेका बेला ओलीले भने- अलमलमा नपर्नुस्, जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्
फाइल तस्बिर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट बाहिर रहेका नेता-कार्यकर्तालाई आफ्नै घरमा फर्किन आह्वान गरेका छन्। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा माओवादीसँग पार्टी एकता गर्ने विषयमा वादविवाद चलिरहेका बेला अध्यक्ष ओलीले फेरि काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका हुन्।

'विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता-कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु- जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं। देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं,' उनले भने।

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली अभियानका निम्ति अलमलमा नपर्न पनि आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'हामी एउटै परिवार हौं। हाम्रो लक्ष्य स्पष्ट छ। कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा।'

उनले एमाले केवल एउटा राजनीतिक संगठनमात्र नभएर जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उल्लेख गरेका छन्। 'यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो-ठूलो योगदान गरेर यो घरलाई अड्याए,' उनले भने, 'आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.