निर्वाचनको वातावरण बनाउन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री र कांग्रेस महामन्त्रीद्वयबीच भेट, पार्टीको आन्तरिक विवादबारे चासो

प्रधानमन्त्री र कांग्रेस महामन्त्रीद्वयबीच भेट, पार्टीको आन्तरिक विवादबारे चासो

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ। महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र चर्को विवाद चलिरहेका बेला प्रधानमन्त्री कार्कीले दुई महामन्त्रीसँग भेटवार्ता गरेकी हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसमा चलिरहेको आन्तरिक विवादबारे चासो लिएकी थिइन्। महाधिवेशन विवादका कारण शुक्रबार केन्द्रीय समितिको बैठक बस्न नसकेपछि उनले पार्टीको आन्तरिक विषयमा चासो देखाएकी थिइन्। उनले पार्टीको आन्तरिक विवाद चलेको भए पनि ठूलो तथा प्रजातान्त्रिक दलको नाताले चुनावको वातावरण बनाउन आग्रह गरेकी थिइन्। उनले चुनावलाई प्रभावित नपार्ने गरी महाधिवेशन गर्न सुझाव पनि दिएको स्रोतको भनाइ छ। 

'प्रधानमन्त्रीज्युले नेपाली कांग्रेसका महामन्त्रीद्वयसँग छलफल गर्नुभयो। विशेषतः उहाँले फागुन २१ गते हुने चुनावको वातावरण बनाउन जिम्मेवारी भूमिका खेलिदिन आग्रह गर्नुभएको थियो। देशको ठूलो र प्रजातन्त्रिक पार्टीले निर्वाचनको माहोल बनाउनुपर्ने र अन्य दलहरूलाई पनि यस विषयमा 'कन्भिन्स' गर्नुपर्ने उहाँको आग्रह थियो,' प्रधानमन्त्री निकट स्रोतले अन्नपूर्णसँग भन्यो।

प्रधानमन्त्री कार्कीले सरकार सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेकाले नेकपा एमालेलाई पनि चुनावका निम्ति समन्वय गरिदिन आग्रह गरेकी थिइन्। उनले निर्वाचन सम्पन्न गराएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी थिइन्। 'निर्वाचन सम्पन्न गराएर म सत्ता हस्तान्तरण गर्न चाहन्छु। चुनावका लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गराउने प्रतिवद्धता जनाउँछु। यसमा एमालेलाई पनि तपाईंहरूले समन्वय गरिदिनपर्‍यो। तपाईंहरूको महाधिवेशनको जुन सवाल छ, त्यसले चुनावलाई असर नगर्नेगरी मिति तय गर्नु हुन आग्रह छ,' महामन्त्रीद्वयलाई प्रधानमन्त्रीले भनेकी थिइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.