गुल्मीमा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु, आमा गम्भीर घाइते

गुल्मीमा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु, आमा गम्भीर घाइते

गुल्मी : गुल्मीमा छोराले धारिलो हतियारले आक्रमण गर्दा बुबाको घटनास्थलमै मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

जिल्लाको मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो धारिलो हतियार प्रहार गर्दा उनका बुबा ५० वर्षीय धन बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)गङ्गा बहादुर सारूले जानकारी दिए।

प्रहरीका अनुसार भोटबहादुरले पारिवारिक झगडाका क्रममा आफ्नै बुबा र ४८ वर्षीया आमा दिलमाया बिकमाथि धारिलो हतियार (हँसिया) र काठको किला ठोक्ने मुंग्रो प्रयोग गरी कुटपिट गरेका थिए।

आक्रमणपछि बुबा धन बिकको घटनास्थलमै मृत्यु भएको थियो भने आमाको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते दिलमायालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाबारे भतिजा देव बिकले जानकारी गराएपछि प्रहरी चौकी अर्खवाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेन नेतृत्वको टोली पनि खटिएको छ।

आफ्नै आमाबुबामाथि धारिलो हतियार प्रयोग गर्ने भोटबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको बुझिएको छ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.