थापाथलीको ट्राफिक प्रहरी कार्यालय भत्काउन पुग्यो महानगरको डोजर
काठमाडौं : काठमाडौं महानगरपालिकाले थापाथली चोकमा रहेको राममन्दिर परिसर नजिक रहेको अवैध संरचना भत्काएको छ। आइतबार महानगरले गुठी संस्थानको जग्गा बनाइएका संरचनामाथि डोजर चलाएको हो । जस अन्तर्गत थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय नजिक रहेको एक खाजा घरलाई महानगरले भत्काएको छ ।
थापाथलीस्थित गुठी संस्थानको जग्गामा रहेको ट्राफिक प्रहरी कार्यालय समेत भत्काउन खोजेपछि ठूलो संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको थियो । ट्राफिक प्रहरीको आग्रहमा उक्त भवन खाली गर्न सात दिनको समय दिइएको महानगरले जनाएको छ ।
यसअघि शुक्रबार पनि महानगरले सो क्षेत्रमा रहेका टहराहरु भत्काएको थियो ।
प्रतिक्रिया दिनुहोस !