खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको कनकाईस्थित बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का कुलबहादुर रसाइलीकी छोरी सोनिया रसाइली रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बालिका सोनिया हराएको भन्दै उनकी आमा अमृताले शुक्रबार अपराह्ण अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा मौखिक जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। 

खोजीका क्रममा कनकाई–८ स्थित बिरिङ खोलाको पानीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.