प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आइतबार साँझ भेटवार्ता भएको हो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयवस्तुमा छलफल भएको थियो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र सुरक्षालगायतका विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ। 'समसामयिक विषयमा उहाँहरूबीच छलफल भयो। मुख्यतः निर्वाचन लक्षित सुरक्षाका विषयमा कुराकानी भयो,' स्रोतले अन्नपूर्णसँग भन्यो।

सैनिक स्रोतले नियमित भेटघाट भएको बतायो। 'प्रधानमन्त्री र प्रधानसेनापतिबीच नियमित छलफल भएको हो,' सैनिक स्रोतले भन्यो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.