सुनको मूल्य स्थिर, चाँदी बढ्यो
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। आज सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार एक तोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। पाँच रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ३ हजार ६० रुपैयाँ पुगेको हो।
आइतबार एक तोला चाँदी ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !