लागूऔषधसहित २ भारतीय नागरिक पक्राउ
कपिलवस्तु : लागूऔषध खैरो हिरोइनसहित प्रहरीले २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका-८ कुवा गाउँबाट तौलिहवा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार २ जना भारतीय नागरिकलाई विशेष सुराकीका आधारमा चेकजाँच गर्दा उनीहरूबाट ७९.६४ ग्राम लागूऔषध हिरोइन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत दुनेथा दमन बस्ने ३९ वर्षीय विनोद कुमार निषाद र भारत सिद्धार्थनगर जिल्ला मदनहनापुर रामनगर चेतरा पोष्ट बस्ने २७ वर्षीय शिवरतन रहेका छन्।
उनीहरूको साथबाट लागूऔषध नाप तौल गर्ने डिजिटल तराजु पनि बरामद गरिएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए। पक्राउ परेका दुई जनालाई जिल्ला अदालत कपिलवस्तुबाट ७ दिनको लागि थुनामा राखी थप अनुसन्धान गर्न प्रहरीले म्याद लिएको छ।
प्रतिक्रिया दिनुहोस !