कांग्रेस संस्थापन पक्षको प्रस्ताव- चुनावको तयारीमा जुट्ने, वैशाखमा महाधिवेशन गर्ने

कांग्रेस संस्थापन पक्षको प्रस्ताव- चुनावको तयारीमा जुट्ने, वैशाखमा महाधिवेशन गर्ने
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले वैशाखको २५ देखि २८ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै गरेकाले त्यसको तयारीमा जुट्नुपर्ने भेलाले निष्कर्ष निकालेको नेता गुरु बरालले बताए। त्यसका लागि पार्टीका सम्पूर्ण तह र तप्कालाई निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुपर्ने भेला निष्कर्ष रहेको नेता बरालको भनाइ छ। 

त्यस्तै पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नु पर्ने, घरदैलोसहित निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने, प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकको उमेदवारी सिफारिस गर्नुपर्नेलगायत विषयमा संस्थापन पक्षले निष्कर्ष निकालेको हो। उम्मेदवार छान्दा अवसर नपाएकाहरूलाई प्राथमिकतामा राख्नुपर्ने नेताहरूले सुझाव दिएका थिए।

त्यस्तै युवाहरूलाई प्राथमिकता दिने र क्रियाशील सदस्यता छानबिन समिति पनि बनाउने विषयमा सहमति जुटेको नेता बरालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.