प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ०.८६ अंकले बढेर २६२३.७६ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ४१ वटा स्क्रिप्सको १ लाख ३ हजार ५९० कित्ता सेयर ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। बाँकी ६ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
४