जनार्दन शर्माले आगामी राजनीति र कार्यदिशाका बारेमा पत्रकार सम्मेलन
कात्तिक १८, २०८२ मंगलबार १४:४९:३
काठमाडौं : नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एकता गर्ने निर्णयसँगै अलग्गिएका नेता जनार्दन शर्माले पत्रकार सम्मेलनको आयोजना गरेका छन्। उनले आफ्नो आगामी राजनीति र कार्यदिशाका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।