जनार्दन शर्माको आरोप- प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो

जनार्दन शर्माको आरोप- प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो

काठमाडौं : जनार्दन शर्माले पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्। प्रगतिशील अभियान नेपालको घोषणा गर्दै नेता शर्माले आफूहरूलाई त्यो कुरा स्वीकार्य नभएको बताए

उनले महाधिवेशन गर्न छोडेर प्रचण्डले एकताको नाटक गरेको बताए। 'माओवादी आयोजक समितिको रूपमा रहेको थियो। तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो। आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो। तर, महाधिवेशन टार्नलाई एकताको नाटक गरियो,' उनले भने।

प्रचण्डले आफ्नो स्वार्थ केन्द्रित समूहलाई वरिपरि राखेर पार्टीलाई बर्बाद बनाएको उनको आरोप छ। पार्टी एकताले देशलाई निकास नदिने ठोकुवा पनि उनले गरे। 'यो एकताले देशलाई न निकास दिन्छ, न जनताको समर्थन प्राप्त गर्नेछ। पार्टी एकताको नाममा अहिल्यै भद्रगोल सुरू भइसक्यो। हजारौंका समिति बनिरहेका छन्। त्यसले विधिहीनताको सुरुवात गर्नेछ,' उनले भने।


उनले आफूहरू फेरि अध्यक्ष वा उपाध्यक्ष बन्न नआएको बरु नयाँ पुस्तालाई अगाडि सारेर अभिभावकको जिम्मेवारीमा रहने बताए। 'हामी फेरि अध्यक्ष वा उपाध्यक्ष हुन यो गरेको होइन। नयाँ पुस्तालाई अगाडि सारेर हामीले हासिल गरेका राजनीतिक अनुभवका आधारमा उहाँहरूलाई अगाडि बढाउन चाहन्छौं,' उनले भने।

उनले नयाँ अभियानमा सबै वर्ग, जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए। शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने उनको प्रतिवद्धता थियो। 'एकताका नाममा आम जनतालाई भ्रमित पार्न र घृणा फैलाउने काम भएको छ। समर्थक र कार्यकर्तालाई दुरुपयोग गरिएको छ। त्यसमा हाम्रो पनि केही गल्ती कमजोरी छन्। त्यसमा हामी क्षमा चाहन्छौं। त्यसलाई सच्याउँदै नयाँ अभियानमार्फत त्यस संकल्पलाई पूरा गर्न चाहन्छौं। नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहन्छौं। भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा हामी सरिक हुन्छौं। यदि हामी भेटिए त्यसको भागिदार बन्न पनि तयार छौं। अब सामान्य सुधारबाट सम्भव छैन,' उनले भने।

उनले आफूहरू गालीगलौजको संस्कारबाट अलग रहने बताए। अग्रजहरूको राजनीतिबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको उनको भनाइ छ। 'नागरिक सर्वोच्चता हराएको यहाँ उनीहरूको सम्मानलाई व्यवहारिक बनाउन चाहन्छौं। शासकीय स्वरुपमा बहस गर्न चाहन्छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.