पुसमा महाधिवेशन गर्न महामन्त्री गगनकुमार थापाको प्रस्ताव

पुसमा महाधिवेशन गर्न महामन्त्री गगनकुमार थापाको प्रस्ताव
फाइल तस्बिर

काठमाडौं : नेपालीका कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसमा पार्टीको १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।

उनले विधानको धारा १४ र २१ बमोजिम महाधिवेशन गर्ने प्रस्ताव गरे। त्यसअघि केन्द्रीय समिति बैठकबाट महाधिवेशनका लागि निर्वाचन समितिको गठन गर्नुपर्ने उनको जिकिर छ।

त्यस्तै विधान संशोधन समितिको गठनसँगै मंसिर १० गतेसम्म नयाँ सदस्यता वितरण र नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै नयाँ सदस्यता वितरणका सम्बन्धमा प्रारम्भिक छानबिन मंसिर १३ गतेसम्म, नयाँ सदस्यता र नवीकरणका विषयमा मंसिर २० गतेसम्म टुंग्याउने, मंसिर २४ गतेसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय समितिलाई बुझाउने, मंसिर २७ देखि वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चय र एकमात्र क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै मंसिर मसान्तभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन गर्नुपर्ने महामन्त्रीले प्रस्ताव गरे। 

विशेष महाधिवेशनको सवालमा उनले भनेका छन्, 'अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेकाले माथि प्रस्ताव गरेका सबै विकल्प र कार्यतालिकामा उल्लेखित समयभित्र विधानको धारा १७ (१) बमोजिम नियमित १५औं महाधिवेशन नगर्ने हो भने हाम्रा लागि विशेष केन्द्रीय महाधिवेशन निर्विकल्प बाटो हुन्छ। विशेष केन्द्रीय महाधिवेशनको माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिमा निवेदन दिइसकेको अबस्था समेत छ। यही केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको धारा १७(२) मा भएको व्यवस्था अनुसार २०८२ मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको गर्ने निर्णय गर्नुपर्छ।'

त्यस्तै संस्थापन पक्षले वैशाखको अन्तिम साता महाधिवेशन हुनुपर्ने बताउँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.