दोहोरो अंकले बढ्यो नेप्से परिसूचक,फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक,फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं : साताको चौथो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार २७.६४ अंकले घटेको परिसूचक आज १२.१७ अंकले बढ‍ेर २६०७.४२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बढेर ४५३.६० विन्दुमा अडिएको छ।

नेप्से बढे पनि कारोबार रकम मंगलबारको तुलनामा कम हो। यसदिन ३१२ स्क्रिप्सको ९२ लाख १८ हजार  ८१० कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार  ८१४ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ५ अर्ब बढीको सेयर कारोबार भएको थियो।

माविलुङ इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ९.९६ प्रतिशतले बढ्दा नेपाल फाइनान्सको ९.२३ प्रतिशतले बढ्यो।

३८ करोड बराबरको सेयर कारोबार गरी युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो।  हिमालयन डिस्टिलरीले ३२ करोडको सेयर कारोबार गर्दा राधी विद्युतको ३१ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १६ करोड र  शिवम सिमेन्टको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १४९ स्टक्सको मूल्य बढ्दा ९० वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.४१ प्रतिशतले बढ्यो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.