प्रचण्डजीले मिलाउँछु भनेकाले एकतामा बल पुर्‍याउन यहाँ आएँ : झलनाथ खनाल

प्रचण्डजीले मिलाउँछु भनेकाले एकतामा बल पुर्‍याउन यहाँ आएँ : झलनाथ खनाल

काठमाडौं : नेता झलनाथ खनालले पार्टी एकतामा बल पुर्‍याउनका लागि आफू उपस्थित भएको बताएका छन्। पार्टी एकताको विरोध गर्दै आएका नेता खनालले भृकुटीमण्डपस्थित माओवादी-एकीकृत समाजवादीको एकता कार्यक्रममा सहभागी भएका हुन्।

उनले पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुरा मिलाउँछु भनेपछि आफू उपस्थित भएको बताए। 'प्रचण्डलाई भनिसकेको छु, उहाँले हामी त्यो कुरा मिलाउँछु भन्नुभएको छ। त्यही रिजर्भेसन राखेर एकतामा बल पुर्‍याउन म यहाँ आएको छु,' उनले भने।

नेता खनालले आफू सधैं एकताको पक्षमा रहे पनि केही चिजले गर्दा कम्युनिस्ट पार्टीमा फुट आइरहेको बताए। 'हामी अनेकताको पक्षमा छैनौं। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकता गर्न चाहन्छौं। वाम एकता बनाउन चाहन्छौं। पार्टी फुटोस् भनेर चाहँदैनौं। कम्युनिस्ट पार्टीभित्र केही केही पसे, जसले पार्टी फुटिरहेका छन्। त्यो पसेका चिजलाई निकाल्न पर्‍यो ता कि आगामी दिनमा पार्टी नफुटोस्,' उनले भने।

नेता खनालले जेनजी आन्दोलनमा आफ्नी श्रीमती घाइते भएको स्मरणसमेत गरे। 'हातै काट्नु परे पनि मेरी श्रीमतीले कम्युनिस्ट आन्दोलनका लागि कहिल्यै झुक्न नहुने सन्देश दिनुभएको छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.