नेपालमा दल र नेताहरूको उपादेयता अझै सकिएको छैन : माधवकुमार नेपाल

नेपालमा दल र नेताहरूको उपादेयता अझै सकिएको छैन : माधवकुमार नेपाल
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकिएको बताएका छन्। भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती,कमजोरी भने सच्याउनुपर्ने बताए।

'नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकिएको छैन। नेपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ। आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ। इमानदारिताको अभाव छ। हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ। युवापस्ताको विश्वास जित्नुपर्छ,' उनले भने। उनले वामदेव गौतमको कुरा स्मरण गर्दै थपे, 'कुराले चिउरा भिज्नेवाला छैन। हामी कुरा गर्न र प्रचवन दिन सिपालु छौं। तर, रुपान्तरण गर्ने कुरामा धेरै पछाडि छौं।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपालमात्र त्यस्तो देश रहेको, जहाँ कम्युनिस्टहरूले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको बताए। 'बृहत् वाम एकता निकै लोकप्रिय छ। तर, व्यवहार हेर्‍यो भने अब धेरै बाँकी देख्नुहुन्छ। बाँकी वामहरूसँग पनि एकताको प्रयास अवश्य गर्नेछौं। हामी सानो दायरमा बस्न चाहँदैनौं। बन्देज, आग्रह र पूर्वग्राह पनि राख्दैनौं। सबैलाई समेट्नेगरी गोलबद्ध गरेर हिंड्न चाहन्छौं,' उनले भने।

नेता नेालले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने बताए। 'हामी प्रतिगमनको दिशामा लैजाने प्रयत्नलाई विफल बनाउनेछौं,' उनले भने। सरकारसँग वार्तामा रहेका जेनजीहरूलाई पनि पार्टीमा भित्र्याएको बताउँदै उनले अन्य जेनजीहरूलाई पनि यो पार्टीमा आबद्ध हुन आह्वान गरे।

नेपालले नयाँ पार्टी घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको बताउँदै नेपाली जनताको आशा र भरोसाको केन्द्र यो पार्टी बन्ने बताए। उनले यो पार्टीमा आफूहरूको अग्नपरीक्षा पनि सुरू भएको बताए। 'जनतालाई हामीले विश्वास दिलाउनुपर्छ। यो पुरानै पार्टीको स्वरुप होइन। आफ्नै पार्टीहरूमा रहेका कमीकमजोरीको समीक्षा गरेर, गल्ती सुधार गरेर, परिवर्तनको सम्बाहक बनेर, क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी बनाएका छौं,' उनले भने। 

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै निष्पक्षरूपमा चुनाव हुनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.