प्रचण्डको उद्‍घोष- यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन

प्रचण्डको उद्‍घोष- यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीका स‌ंयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए।

'तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन। कसैलाई टाउको दुखेको हुनसक्छ। कसैलाई निन्द्रा पनि नलागेको हुनसक्छ। तर, निन्द्रा नलागे नलागोस्,' प्रचण्डले भने.

उनले यो पार्टीमा आफूहरू नै पदमा बसिराख्नुपर्छ भन्ने नरहेको बताए। 'हामी यही पदमा बसिराख्न पर्छ भन्ने छैन भनेर माधवजीसँग कुरा गरेका छौं। हामीले विचारको निर्माण गर्दै नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्दै लैजान्छौं,' उनले भने।

उनले आफूहरूलाई गल्ती र कमजोरी सच्याउने विकल्प नरहेको स्पष्ट पारे। 'हामीलाई मृत्युसँग डर छैन। हामीलाई राष्ट्र बचाउने चिन्ता छ। हामीलाई लोकतन्त्र बचाउने चिन्ता छ। हामीलाई व्यक्तिगत केही पनि चिन्ता छैन। व्यक्तिगत केही रहँदा पनि रहेको छैन,' भावुक हुँदै प्रचण्डले भने।

null
उनले यो देश कम्युनिस्टहरूको मात्र नभएकाले सबै पार्टीहरूसँग संयुक्त मोर्चा बनाएर राष्ट्र बचाउने अभियानमा हातेमालो गर्न तयार रहेको बताए। 'दस पार्टीले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ। उहाँहरूको एउटै विचारले मेरो आत्मविश्वास झनै बढेको छ। यो नयाँ शक्ति निर्माण भएको पनि मैले मानेको छु। आजको दिन कहिल्यै नबिर्सिने इतिहास पनि बनेको छ। १० घटक मिलेको इतिहास नेपालमा अहिलेसम्म छैन। यो अभूतपूर्व र अविस्मरणीय छ,' उनले भने।

संयोजक दाहालले यो कम्युनिस्टहरूको एकतामात्र नभए राष्ट्रिय एकताको आधार तयार भएको बताए। उनले युवा जेनजीहरूको आन्दोलनले यो ऐतिहासिक दिन आएको बताए। 'जेनजी आन्दोलनले हामीलाई राम्रोसँग घोच्यो। हाम्रो कमजोरीलाई राम्रोसँग उजागर गरिदिनुभयो। भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा जसरी उहाँहरूले आवाज उठाउनुभयो। म प्रत्यक्ष र परोक्षरूपमा आजको एकता र नेताहरूको संकल्पका पछाडि जेनजी आन्दोलन र जेनजी सहिदको भूमिका रहेको पाएको छु। यो सम्मान हामी उहाँहरूाई दिन चाहन्छौं। त्यस्तो नभएको भए हामीलाई सच्चिने अवसर मिल्ने थिएन। आज एकता हुने सम्भावना पनि रहने थिएन,' उनले भने।

उनले जेनजीसँग लगातार संबाद भइरहेको बताउँदै यो पार्टीले युवाको भावना र आवश्यकतालाई पार्टी र राज्य संरचनामा पनि उच्च प्राथमिकता दिने संकल्प गरे।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.