स्टार्टअप पार्टनरसिप नेटवर्क सम्बन्धमा भारतीय दूतावासको अभिमुखीकरण

स्टार्टअप पार्टनरसिप नेटवर्क सम्बन्धमा भारतीय दूतावासको अभिमुखीकरण

काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले भारत-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क सम्बन्धमा अभिमुखीकरण सत्र आयोजना गरेको छ। भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने उद्देश्यका साथ आयोजना गरिने पार्टनरसिप नेटवर्क कार्यक्रम आगामी डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुँदैछ। 

नेपालका स्टार्टअपहरूका प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८ हप्ताको (फुल्ली फण्डेड) प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ। उक्त मोड्युलमा सहभागीहरूका लागि तालिम, परामर्श र इन्टर्नशिप समावेश हुने भारतीय दूतावासले जनाएको छ। 

आईआईटी मद्रास प्रवर्तक एक अग्रणी इन्क्यूबेटर हो, जसले हालसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्यूबेट गरिसकेको छ। जसमा १४ वटाले आफ्नो प्रविधिको सफलतापूर्वक व्यावसायिकीकरण गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त सत्रमा प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

दूतावास परिसरमा आयोजित उक्त सत्रमा विभिन्न स्टार्टअपहरू, सरकारी विभागहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरूबाट करिब १०० जना सहभागी थिए। वीरगञ्जका तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, धरान क्याम्पसका करिब ६० जना सहभागीहरू भर्चुअल रूपमा कार्यक्रममा सहभागी थिए।

इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आईआईटी मद्रासका प्रमुख वैज्ञानिक प्रो. गौरव रैना अनलाइन कार्यक्रममा सामेल थिए भने आईआईटी मद्रास र आईआईटीएम प्रवर्तकको नवप्रवर्तन इकोसिस्टमको बारेमा जानकारी दिएका थिए।

यसअघि सोही दिन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो जसमा करिब ७० विद्यार्थीहरू सहभागी भएका थिए। आवेदनहरूको मूल्याङ्कन र उम्मेदवारहरूको अन्तर्वार्ताका आधारमा उक्त कार्यक्रमको लागि छनौट हुनेछ। आवेदनहरू सन् २०२५ नोभेम्बर १५ गतेसम्म खुल्ला रहनेछ। इच्छुक उद्यमीहरूले https://shorturl.at/Au8zh मा अनलाइन आवेदन दिन सक्ने दूतावासले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.