महिनावारी हुँदा स्वच्छता अपनाऔं
किशोरीहरूमा महिनावारी सुरु हुनु भनेको प्रजनन परिपक्वताको सुरुवात हुनु हो। महिनावारीको सुरुवातसँगै एउटी किशोरी आमा बन्न सक्ने परिपक्वतातिर जाँदैछिन् भन्ने संकेत मिल्छ। तर आमा बन्नको लागि सुरुवातको संकेत भए पनि समग्र शारीरिक र मानसिक रूपमा भने परिपक्व भइनसकेको अवस्था हो।
नेपालको प्रजनन स्वास्थ्यसम्बन्धी कानुनअनुसार पहिलो गर्भाधानका लागि कम्तीमा २० वर्ष उमेर पुग्नै पर्दछ। धेरैजसो किशोरीहरूमा पहिलो महिनावारी ९ देखि १६ वर्ष उमेरको बीचमा सुरु हुन्छ। तर, कुनै कुनै किशोरीहरूमा छिटो वा ढिलो भएको पाइन्छ। महिनावारी हुँदा रगत बग्ने, गुप्ताङ गन्हाउने, गुप्ताङ छोपेका कपडाहरू जस्तैः पेन्टी, पेटीकोट, सुरुवाल फोहोर हुने र रोगको संक्रमण हुन सक्ने जोखिम भएकोले स्वच्छता अपनाउनु पर्दछ।
- सेनिटरी प्याड वा कपडा एक दिनमा कम्तीका तीन पटक परिर्वतन गर्ने।
- भित्री वस्त्र जस्तै पेन्टी, पेटीकोट, कट्टु दैनिक रूपमा परिर्वतन गर्ने।
- नियमित रूपमा प्रजनन अंग (योनी) सफा पानीले पखाल्ने।
- सेनिटरी प्याड वा कपडा प्रयोग गर्नुअघि र पछि साबुन पानीले मिचिमिची हात धुने।
- महिनावारीको समयमा प्रयोग गरेको कपडा राम्रोसँग धोएर पारिलो घाममा सुकाउने।
- सेनिटरी प्याड वा नरम कपडाको मात्र प्रयोग गर्ने।
प्रतिक्रिया दिनुहोस !