नयाँ र विचार मिल्नेसँग रास्वपाले चुनावी गठबन्धन गर्ने (राजनीतिक प्रतिवेदनसहित)

नयाँ र विचार मिल्नेसँग रास्वपाले चुनावी गठबन्धन गर्ने (राजनीतिक प्रतिवेदनसहित)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा गठबन्धन गर्न सक्ने बताएको छ। चितवनमा सुरू भएको विस्तारित बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा रास्वपाले नयाँ र विचार मिल्नेहरूसँग निर्वाचन र सरकार गठनमा सहकार्य गर्न सकिने बताएको हो।

'नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ,' प्रतिवेदनमा भनिएको छ। तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न नदिइने प्रतिवेदनमा उल्लेख छ। आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीचको निर्णायक संघर्ष रहेकाले चुनावी तयारी र परिणाममा कुनै पनि कोणबाट कमजोर हुने छुट नरहेको रास्वपाको भनाइ छ।

'आउँदो चुनावमा हामीले उत्साहजनक  नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने देशले पुरानै दलहरूको कुशासनको भारी खेप्नुपर्छ भने तिनले जेनजी आन्दोलनको म्यान्डेड र जनताको भावना विपरीत मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्नेछ,' प्रतिवेदनमा भनिएको छ।

त्यस्तै रास्वपाले चुनावमा उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउने बताएको छ। 'उम्मेदवार छनोटमा पार्टीका सबै संरचनाले अपनत्व लिने वातावरण बनाउनुपर्छ। यसले पार्टीभित्र समूहगत विभाजनलाई रोक्छ भने जनस्तरमा पनि राम्रो सन्देश जान्छ,' प्रतिवेदनमा भनिएको छ। 

यस्तो छ राजनीतिक प्रतिवेदन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.