निर्वाचनको विकल्प छैन, दुविधा नराखौं :  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचनको विकल्प छैन, दुविधा नराखौं :  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगले सरकारले तोकेको समयमा प्रतिनिधिसभा निर्वाचन गर्न तयार रहेको जनाएको छ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको शान्ति सुरक्षाको प्रतिवद्धता सरकारले जनाएपछि आयोगले निर्वाचनको तयारी तीव्ररूपमा गरिरहेको जानकारी दिए।

अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएकाले यसमा द्विविधा राख्न जरुरी नरहेको उनको भनाइ छ। उनले निर्वाचनका सम्बन्धमा दलहरूसँग छलफल गर्दा सबै दलहरू निर्वाचन जान तयार रहेको प्रतिवद्धता प्राप्त भएको तर दलहरूको सरोकार शान्ति सुरक्षामा रहेको बताए।

उनले अहिलेको ऐनमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था नरहेको भन्दै सरकारले कानुन बनाएर दिए कार्यान्वयन गर्न आयोग तयार रहेको बताए। त्यस्तै माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनको तयारी पनि अघि बढेको उनले बताए।

बैठकमा समिति सदस्यहरूले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले गरेको तयारीका बारेमा चासो व्यक्त गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.