मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु
कपिलवस्तु : लुम्बिनी-तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ। रूपन्देही जिल्ला रोहणी गाउँपालिका- ७ निवासी हाल प्रहरी चौकी कोपवा कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार राम विलास यादवको मृत्यु भएको हो ।
सुद्धोधन गाउँपालिका–३ गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।
सिंहका अनुसार मृतक सहायक प्रहरी हवल्दार यादव कार्यको सिलसिलामा रहेको बेला दुर्घटनामा परि मृत्यु भएको हो। उनलाई कार्यालयको तर्फबाट श्रद्धान्जली व्यक्त गर्दै परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !