विद्रोही सांसद रहबर अन्सारी

विद्रोही सांसद रहबर अन्सारी

जनकपुरधाम : नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहबर अन्सारीको विद्रोहले मधेश प्रदेश सरकार ढलेको छ। अन्सारीले मधेश प्रदेशसभाको रोस्टमबाट मधेश सरकारको औचित्य र नैतिक धरातल सकिएकाले आफ्नै मुखमा कालोमोसो दलेर सरकारलाई विश्वासको मत दिन नसकिने बताउँदै आफ्नो अडानमा कायम भएपछि सरकार ढलेको हो।

नेकपा माओवादी केन्द्रको ह्विप उल्लंघन गर्दै विद्रोही सांसद अन्सारीले एकपछि अर्को दलले पालैपालो सिद्धान्त, विचार र राजनीतिक चरित्रको सामान्य नियम समेत पालना नगरेर गठजोड गरेको प्रति असन्तुष्टि जनाए। उनले भने, ‘मलाई अब कुनै सरकारप्रति विश्वास छैन की मधेशको विकास गर्छ। सरकारको कुनै नैतिक आधार छैन, यो प्रदेशसभामा रहेका १०७ जना सांसदको पनि कुनै नैतिक धरातल छैन। अब निकास निस्कोस्। मधेशी जनताले आफ्नो म्याण्डेड पाओस्।’

सांसद अन्सारीले रोस्टमबाट भने, ‘ऐतिहासिक दिनमा आज हामी हाम्रो सबैको सामूहिक अपराध स्विकार्न आएको हु। आज ८ वर्ष भयो। संघीयताका लागि भएको संघर्षको केन्द्रविन्दु मधेश हो। माता जानकीको चरणको धुलो एक कण बराबरको हाम्रो हैसियत छैन तर मधेश ६० लाख जनताको अवस्था के छ ? हामीलाई मतलब छैन’, उनले भने।

‘पटक पटक सरकार बन्यो। मेरो दल पनि सरकारमा सहभागी भयो। म पनि सरकारमा थिए। तर सरकारमा भएको बेथितिको विषयमा आफ्नै सरकार र दल पार्टीलाई फोरममा बोले पनि सुनुवाइ हुँदैन।’ अन्नपूर्णसँगको कुराकानीमा अन्सारीले भने, ‘एउटा दल सरकारमा आयो अर्को दलसँग संघीयता खतरामा पर्छ। सबै राजनीतिक दलको मनस्थिति नै पालैपालो खाईपाई आएको सेवा सुविधा कायम रहोस् भन्ने हो। जुन बिलकुल गलत प्रवृत्ति हो। हामीले देश र जनताका लागि राजनीतिक गरेको हो। हामी आफ्नो लागि होइन। हामीले देश, जनता र राष्ट्रलाई केन्द्रमा राखेर गर्नुपर्ने राजनीतिक हामी वरिपरि नै घुमायौं। त्यसैले यो सातवटै प्रदेशका सांसद र सरकारलाई एक्लैको विद्रोह पनि विद्रोह हुन्छ भन्ने सन्देश दिन खोजेका हौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.