प्रादेशिक अस्पताल भद्रपुरको न्यूनतम सेवा मापदण्ड ३ प्रतिशतले बढ्यो

प्रादेशिक अस्पताल भद्रपुरको न्यूनतम सेवा मापदण्ड ३ प्रतिशतले बढ्यो

झापा : मेची प्रादेशिक अस्पताल भद्रपुरले न्यूनतम सेवा मापदण्डमा ६८ प्रतिशत अंक हासिल गरेको छ। प्रत्येक ६ ६ महिनामा गरिने अस्पतालको शासन र व्यवस्थापन, क्लिनिकल सेवा वितरण र अस्पताल समर्थन प्रणाली मूल्यांकन अनुसार असोजमा ६८ प्रतिशत अंक प्राप्त गरेको हो। 

जुन अघिल्लो ६ महिनाको तुलनामा ३ प्रतिशतले वृद्धि भएको अस्पतालका निमित्त मेसु डा. सञ्जयकुमार गुप्ताले बताए। आगामी मूल्यांकनमा ७५ प्रतिशतसम्म पुर्‍याउने अस्पताल प्रशासनको लक्ष्य रहेको उनले बताए। नयाँ भवनबाट सेवा प्रदान गर्दा बिरामीहरूलाई समस्या भइरहेको अवस्थामा त्यसको सुधारका लागि अस्पताल प्रशासन लागि परेको उनको भनाइ छ। 

न्यूनतम सेवा मापदण्ड (एमएसएस) स्रोत व्यक्तिहरूको टोलीले कात्तिक २१ देखि २३ गतेसम्म अस्पतालको सुशासन, व्यवस्थापन र सेवा गुणस्तरका पक्षमा अध्ययन गरी सो नतिजा सार्वजनिक गरेको हो। एमएसएसको स्कोरिङ अनुसार अस्पतालले समग्र रूपमा सन्तोषजनक प्रगति गरेको बताइएको छ।  

कोशी अस्पताल विराटनगरका प्रमुख डा. रुवा झाले अस्पतालमा सेवा प्रवाह र व्यवस्थापनमा सुधार हुँदै गएको र एमएसएस कार्यान्वयनका प्रयास निरन्तर जारी रहेको बताइन्। 

अध्ययनपश्चात् अस्पतालले प्राप्त गरेको मूल्यांकनको प्रस्तुति शैलजा आचार्य, ह्रदयरोग अस्पतालका मेसु डा. वैभव मल्लिक, एमएसएस अफिसर पशुपति खनालले गरेका थिए। अस्पतालको तर्फ आन्तरिक मूल्यांकनको प्रस्तुति वरिष्ठ नर्सिङ अधिकृत सृजना पौडेलले गरेकी थिइन्।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्वराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त मेसु डा. गुप्ताले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा वितरणमा अझै सुधार गर्दै लैजाने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.