नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए।

उनका अनुसार कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नेछन्। कार्कीले २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।

त्यसपछि उनी २०६६ मंसिर २६ गते प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए। २०७४ सालमा प्रहरी उपरीक्षक बनेका उनी २०७९ मा प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए। प्रहरी नायब महानिरीक्षक पदमा २०८१ जेठ १३ गते बढुवा भएका उनी २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षकको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। 

उनले मानविकी र समाजशास्त्र, शिक्षा र कानुनमा स्नातक गरेका छन् भने राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। हालः उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको जिम्मेवरीमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.