भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक एक लाख बिरामीको सेवा

भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक एक लाख बिरामीको सेवा

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाख बिरामीलाई सेवा दिइरहेको छ। अस्पतालको ३१ औं वार्षिकोत्सवको अवसरमा सोमबार भक्तपुरमा आयोजित उद्घाटन समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले उक्त जानकारी दिएका हुन्। उनका अनुसार यो संख्या ओपीडी जाँचमा आउने बिरामीको संख्या हो।

वार्षिकोत्सवको अवसरमा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले नवनिर्मित भवनको उद्घाटन गरेकी हुन्। सो अवसरमा मन्त्री शर्मा अस्पतालमा कार्यरत २५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई दीर्घ सेवापत्रका साथै वेस्ट डिसिप्लेनरी अवार्ड वितरण गरिन्। साथै वार्षिकोत्सवको अवसरमा भएको फुटसल प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लब, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरूको सहकार्यमा २०५१ सालमा यस सामुदायिक अस्पतालको रूपमा स्थापना भई नेपालभरिका क्यान्सर बिरामीहरूलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा २०७७ कात्तिक २४ गते बसेको मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत १ सय २३ बेडबाट सेवा सञ्चालन भइरहेको छ।

हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अंकोलोजीमा पूर्णकालीन एमडीको अध्ययन भइरहेको छ। साथै रेडियसन अंकोलोजीमा र गाइने अंकोलोजीमा एमडीका रेजिडेन्ट चिकित्सकहरू क्यान्सरसम्बन्धी विशेषज्ञ तालिम तथा अध्ययनको लागि पोस्टिङ हुने गर्दछ। त्यसै गरेर काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट एमडीका रेजिडेन्ट चिकित्सक र स्नातक तथा स्नातकोत्तरका नर्सिङ विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि आउने गर्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.