जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माण दुई महिनापछि सुरू हुन्छ : अर्थमन्त्री

जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माण दुई महिनापछि सुरू हुन्छ  : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्वपूर्ण संरचनाको पुननिर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुईमहिनापछि सुरु गरिने जानकारी दिएका हुन् । उनले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिब सय अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताए।

जेनजी आन्दोलन क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न स्थापना गरिएको कोषमा ८ करोड रुपैयाँ जम्मा भएको उनले जानकारी दिए। मन्त्री खनालले टुक्रे आयोजनाहरूको बजेट कटौती गरी हुलाकी, मध्यपहाडी लोकमार्ग, बीपी राजमार्गलगायतका रणनीतिका आयोजनालाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको उल्लेख गरे । 

जेनजी आन्दोलनको माग अनुसार बजेटको सहि परिचालनका लागि सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्डलाई प्रभावकारी बनाइएको उनले बताए । मन्त्री खनालले आयकर घटेपनि समग्र राजस्व बढेको बताए।

उनले जेनजी आन्दोलनपछि सेप्टेम्वरमा पर्यटक आगमनको संख्या घटेपनि त्यसपछि भने पर्यटक आगमनको संख्या निकै बढेको धारणा राखे । उनले जेनजी आन्दोलनपछि निजी क्षेत्रमा भएको क्षतिपछि व्यवसायिक वातावरण बनाउन सरकारले अधिकतम पहल गरेको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.