९ जिल्लाका करिब १३८१ हेक्टर क्षेत्रफलमा रुख रोप्न नपाइने

९ जिल्लाका करिब १३८१ हेक्टर क्षेत्रफलमा रुख रोप्न नपाइने
फाइल तस्बिर

काठमाडौं : सरकारले एमसीए-नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँ-बायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ। 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदिश खरेलले एमसीए-नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारणलाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुरमा पर्ने विद्युत् प्रसारणलाइनको मध्यरेखाबाट २३-२३ मिटर दायाँ र बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बारकोटीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता खरेलले बताए। प्रवक्ता खरेलले कानुन विधिअनुसार प्रभावकारी रूपमा काम गर्न सक्ने योग्यहरूबाट प्रहरी महानिरीक्षक चयन गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.