सशस्त्र प्रहरीका आइजिपी अर्याल भारत भ्रमणमा जाने

सशस्त्र प्रहरीका आइजिपी अर्याल भारत भ्रमणमा जाने

काठमाडौं : सशस्त्र पहरी बलका महानिरीक्षक राजु अर्याल भारत भ्रमणमा जाने भएका छन्। 'नेपाल-भारत समन्वय बैठक'मा सहभागी हुन अर्याल भारतको नयाँ दिल्ली जाने भएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालको भारत भ्रमण स्वीकृत गरेको छ। महानिरीक्षक अर्याल कात्तिक २६ देखि २८ गतेसम्म हुने बैठकका लागि भारत जानेछन्। सरकारका प्रवक्ता जगदिश खरेलले महानिरीक्षक अर्यालको भारत भ्रमण स्वीकृत भएको बताए।

भारतको दिल्लीमा आयोजना हुने उक्त बैठक ९औं संस्करण हो। नेपाल र भारतका विभिन्न पक्षबारे छलफल गर्न यो बैठक हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.