काठे पुल विस्थापित गर्दै पक्की पुल सञ्चालनमा
झापा : काठे पुल विस्थापित गर्ने अभियान अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकाले थप एउटा पक्की पुल सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट निर्माण गरेको हल्दीबारी–३ स्थित रणकाली सामुदायिक वन जोड्ने भुसुडी खोलामा पक्की पुल सञ्चालनमा ल्याएको हो।
दुईवटा पुल सञ्चालनमा आएको र अर्को पुल एक महिनाभित्रै सञ्चालनमा आउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !