उत्तरी गोरखाबाट जोखिमयुक्त सुत्केरी र शिशुको उद्धार
गोरखा : उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ। सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए ।
उनीहरूको सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको उनले बताए। गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरिएको उनले बताए।
उनले चुम्चेत स्वास्थ्य चौकीमा बच्चा जन्माएकी अनमी कल्पना सिंहले जानकारी दिइन्। अवधि पूरा नभई सुत्केरी भएको र शिशुको तौल पनि कम भएको, दूध पनि नचुसेकाले तत्काल उद्धार गर्नु परेको अनमी सिंहले जानकारी दिइन्।
अहिले अस्पतालमा बच्चा र आमाको स्वास्थ्य स्थिति सामान्य रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !