जेनजी घाइतेहरूले भेटे गृहमन्त्री अर्याल र आइजीपी कार्की
काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्याल र नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा गृहसचिव रामेश्वव्र दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेपछि गृहमन्त्री र आइजीपी कार्कीबीच भेटवार्ता भएको हो।
भेटमा गृहमन्त्री अर्यालले आइजीपीमा बढुवा नियुक्ति भएको भन्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले देशमा शान्ति, सद्भाव, अमनचयन र नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च राख्न निर्देशन दिएका थिए।
आइजीपी कार्कीले सरकारबाट समय सापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधिभित्र रहेर आफूले संगठन र जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता जाएका थिए।
यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले संयुक्तरूरुपमा गृह मन्त्रालयमा जेनजी आन्दोलनमा घाइते भएका दुई जना र जेनजी प्रतिनिधिसँग भेट गरेका थिए। भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गर्न आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !