अस्ट्रेलियामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ नेपालीको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटनामा परी एकै परिवारका ३ नेपालीको मृत्यु

मेलबर्न (अस्ट्रेलिया) : भिक्टोरिया राज्यको ग्रामीण क्षेत्रमा भएको एउटा दुर्घटनामा एउटै परिवारका ३ सदस्यको मृत्यु भएको छ। जसमा एक सानो बच्चा पनि भएको प्रहरीले जनाएको छ। उनीहरू नेपाली भएको पनि प्रहरीले पुष्टि गरेको  छ। 

मेलबर्नदेखि केही टाढा एक ट्रक र कार आपसमा ठोक्किदा यहाँ बस्दै आएका कारमा सवार नेपालीको मृत्यु भएको हो। दुई दिनअघि बलाराटको पश्चिमस्थित युरामबिन–स्त्रिथम रोड र माउन्ट विलियम रोडको चौराहा क्षेत्रमा दुर्घटना भएको थियो। 

प्रहरीका अनुसार उनीहरू जिलोङमा बस्दै आएका थिए।  एउटै परिवारका ४ जना सवार कारले स्टप साइन नदेखिकन वा नरोकी ट्रक गुडेको बाटो तिर जाँदा घटना भएको थियो।  प्रहरीको भनाइअनुसार ट्रकले कारलाई टी–आकारमा ठोक्कायो र कार धेरै पटक घुमेर अन्ततः आफ्नो यात्रु पक्षमा पल्टियो। कार चालक (४१ वर्षे पुरुष), उनकी ३१ वर्षीया   श्रीमती र तीन वर्षको छोरा घटनास्थलमै मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.