संसारकै सबैभन्दा लामो परीक्षा : १३ घण्टासम्म खाजा र खानाको ब्रेक हुँदैन
काठमाडौं : नोभेम्बरमा एक कुख्यात कलेज प्रवेश परीक्षाका लागि दक्षिण कोरिया बन्द गरिन्छ। आवाज कम गर्न पसल बन्द गरिन्छन्। यस्तै उडान घटाइन्छ भने बिहानको समयमा पनि विद्यार्थीका लागि ट्राफिक सुस्त बनाइन्छ।
परीक्षा दिने विद्यार्थी दिउँसो स्कुलबाट निस्कँदा र बाहिर पर्खिरहेका आफ्ना परिवारका सदस्यलाई अँगालो हाल्दा राहतको सास फेर्छन्। तर सबैले त्यो समयभित्र परीक्षा पुरा गर्न आवश्यक हुँदैन। केही विद्यार्थी साँझसम्म र अँध्यारो भएपछि पनि परीक्षा कोठामा बस्छन्।
बिहीबार देशभरका करिब ५ लाख ५० हजार विद्यार्थीले परीक्षा दिए। यो सात वर्षमा सबैभन्दा ठूलो संख्या हो। सुनेउङ कलेज स्कॉलस्टिक एबिलिटी टेस्ट (सीएसएटी) को कोरियाली भाषामा संक्षिप्त नाम हो। यो परीक्षणले मानिस विश्वविद्यालय जान सक्षम हुन्छन् कि हुँदैन भनेर निर्धारण मात्र गर्दैन उनीहरूको रोजगारीका अवसर, आम्दानी, बस्ने ठाउँ र भविष्यका सम्बन्धलाई पनि असर गर्न सक्छ।
विषय छनोटको आधारमा विद्यार्थीले कोरियाली भाषा, गणित, अंग्रेजी, सामाजिक वा प्राकृतिक विज्ञान, एउटा थप विदेशी भाषा र हान्जा (कोरियालीमा प्रयोग हुने परम्परागत चिनियाँ वर्ण)सहित लगभग २०० प्रश्नको उत्तर दिन्छन्।
धेरैजसो विद्यार्थीका लागि यो आठ घण्टाको निरन्तर परीक्षा हो। सुनुङ परीक्षा बिहान ८:४० बजे सुरु हुन्छ र साँझ ६:४० बजे समाप्त हुन्छ। तर गम्भीर दृष्टि समस्या भएका विद्यार्थीलाई सामान्य समयभन्दा १.७ गुणा बढी समय दिइन्छ। यसको अर्थ उनीहरूले अतिरिक्त विदेशी भाषा खण्ड लिन्छन् भने परीक्षा करिब १३ घण्टा लाग्छ।
बीचमा खाजा वा बेलुकाको खानाको ब्रेक नभइ परीक्षा चलिरहन्छ।
प्रतिक्रिया दिनुहोस !