राजीनामा दिँदै परियारले भने- फरक खालको राजनीतिक अभियानमा सक्रिय हुन्छु

राजीनामा दिँदै परियारले भने- फरक खालको राजनीतिक अभियानमा सक्रिय हुन्छु
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने भन्दै पार्टी परित्याग गरेका छन्। उनले कार्यवाहक सभापति र महाचिवलाई इमेलमार्फत राजीनामा पठाएर आजकै मितिदेखि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेका छन्।

'बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु,' राजीनामा पत्रमा भनिएको छ। 

नेता परियारले निरन्तर पार्टीमा विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको उल्लेख गरेका छन्। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेको उनले दुःख व्यक्तसमेत गरेका छन्।

'भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता जेनजीको विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा अवस्था आएको छ,' उनले भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.