आइजीपी कार्कीलाई प्रश्न- कैदीबन्दीहरू फरार छन्, हतियार पनि लुटिएका छन्, भयरहित वातावरणमा चुनाव हुन्छ?

देशको सुरक्षा व्यवस्था केही अस्तव्यस्त छ, तर भयरहित वातावरणमा चुनाव सम्पन्न हुन्छ

आइजीपी कार्कीलाई प्रश्न- कैदीबन्दीहरू फरार छन्, हतियार पनि लुटिएका छन्, भयरहित वातावरणमा चुनाव हुन्छ?

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त आइजीपी दानबहादुर कार्कीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन्। बिहीबार प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका कार्कीले त्यसका लागि योजना बनाएर काम गरिरहेको बताए।

अन्नपूर्णपोस्ट्का लागि अजवी पौड्यालले आइजीपी कार्कीसँग 'निर्वाचन सम्पन्न गर्न चुनौती छ?' भनी सोधेकी छन्।
सरकारले तोकेको आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ। त्यसको तयारीमा हामी जुटिसकेका छौं। आन्तरिकरूपमा योजना बनाएर काम गरिरहेका छौं। डर, त्रास र भयरहित जनताले मतदान गर्ने वातावरण बनाउन लागिपरेको छु। 

फरार कैदीबन्दीहरू अझै जेलबाहिर छन्? हतियार पनि त लुटिएका छन् नि?  
अहिले प्रहरीको मुख्य काम नै फरार अभियुक्तलाई पक्राउ गर्नु हो। लुटिएका हतियार फिर्ता गर्नु हो। उपत्यकामा मात्रै नभएर देशका सबै प्रहरी कार्यालयले तत्परताका साथ यसमा काम गरिरहेका छन्। सरोकारवाला सबै पक्ष र सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर काम गरिरहेका छौं। धेरै हतियार बरामद भइसकेका छन्। फरार अपराधी पनि दिनहुँ पक्राउ परिरहेका छन्। छिट्टै सबै हतियार र कैदीबन्दी फिर्ता आउनेगरी काम गर्छौं। 

प्रहरी कार्यालयहरू पनि जलेका छन्? सुरक्षाकर्मीले काम गर्ने वातावरण छ? 
जेनजी आन्दोलनका क्रममा तोडफोड भएका प्रहरी कार्यालयको पुनःनिर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेका छौं। छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने विश्वास लिएका छौं।

प्रहरीको मनोबल कसरी बढाउनुहुन्छ? 
प्रहरी संगठनले आन्तरिकरूपमा विभिन्न कार्यक्रमहरू गरिरहेको छ। सरोकारवाला पक्षसँग समन्वय गरेर यसका विषयबस्तुमा सहकार्य गरेर काम गर्छौं। प्रहरीलाई कानुनले र राज्यले दिएको जिम्मवारी पूरा गर्नका लागि प्रतिबद्ध छौं।

संगठनका लागि के गर्ने योजना छ? 
लोकतान्त्रीक राज्य निर्माणमा शान्ती सुरक्षाका कायम गर्न प्रहरी संगठनको मुख्य भुमिका हुन्छ । पछिल्लो समयमा देशको सुरक्षा व्यवस्था केहि अस्तव्यस्त भएको अनुभव गरेको छु। मेरो पहिलो प्राथमिकता नै शान्ती सुरक्षा र अमनचयनको स्थापना गर्नु हो । जनताले राज्य भएको महसुस गर्न पाउनुपर्छ । 

तपाईंका योजनाहरू के छन्? 
लोकतान्त्रिक राज्य निर्माणमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनको मुख्य भूमिका हुन्छ। पछिल्लो समयमा देशको सुरक्षा व्यवस्था केही अस्तव्यस्त भएको अनुभव गरेको छु। मेरो पहिलो प्राथमिकता नै शान्ति सुरक्षा र अमनचयनको स्थापना गर्नु हो। जनताले राज्य भएको महसुस गर्न पाउनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.