मधेश प्रदेशसभाको बैठक खुला चौरमा

मधेश प्रदेशसभाको बैठक खुला चौरमा

जनकपुरधाम : मधेस प्रदेशसभाको बैठक शनिबार खुला चौरमा बसेको छ। उपसभामुख बबिता कुमारी राउत ईशरले नियमित प्रक्रिया अवरुद्ध भएका कारण खुला चौरमा प्रदेशसभाको बैठक सञ्चालन गरेको बताएकी छन्।
 
प्रदेशसभा भवनकै अगाडिको परिसरमा सांसदहरू भुइँमा बसेका थिए भने उपसभामुख ईशरको लागि एउटा कुर्सीको बन्दोबस्त गरिएको थियो जसको दुवैतिर नेपालको झण्डा राखिएको थियो। 

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवको प्रस्तावमा बैठक बोलाइएको थियो। ‘सभामुख रामचन्द्र मण्डलले सदनको मुख थुन्नका लागि बैठक आह्वान नगरेको र भए भरका कर्मचारीहरूलाई कार्यालयबाट भगाइदिएको हुँदा बाध्य भएर चौरमै बैठक गरेका हौं,’ उपसभामुख ईशरले भनिन्, ‘कानुन र संविधान अनुसार सभामुखले पदको गरिमा राख्नुपर्ने हो तर, उहाँ कानुन मिच्नतर्फ लागेका छन्।’

बैठक बसाउनका लागि प्रदेशसभाको बैठक कक्ष नखोलिएको र कर्मचारीहरूले समेत सहयोग नगर्दा विधायकीय कार्य अवरुद्ध हुन नदिन चौरमै बसेको जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले बताए। 

सभामुखले वातावरण सहज बनाएनन् भने प्रदेशसभाको अर्को बैठक जनकपुरका चौकहरूमा गरिने समेत सांसद यादवले बताएका छन्। सभामुख मण्डललाई पदमुक्त गर्नुपर्ने मागसहित मधेशमा सात दलीय गठबन्धनका सांसदहरू विरोध प्रर्दशनमा उत्रिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.