जुगल हिमालप्रति पर्वतारोही आकर्षित

जुगल हिमालप्रति पर्वतारोही आकर्षित

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल हिमालप्रति पर्वतारोही आकर्षित हुन थालेका छन्। पछिल्लो समय देश–विदेशका पर्वतारोहीहरूले जुगल हिमशृङ्खला आरोहण गर्न थालेका हुन्।

स्कटल्याण्डका पर्वतारोही तथा लेखक लिओ हाउल्डिङले शनिबार बिहान ११ बजे जुगल हिमशृङ्खला अन्तर्गतको ६ हजार १ सय ५१ मिटर उचाइको ग्ल्याजेन पिक सफलतापूर्वक आरोहण गरे। हाउल्डिङसहित र नर्वेका हेनरिक बर्गसेनको टोलीले ग्याल्जेन पिक सफलतापूर्वक आरोहण गरेको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले जानकारी दिए।

जुगल– ४ चुचुरो आरोहण गर्ने प्रयास बारम्बार विफल भएपछि टोलीले वैकल्पिक रूपमा ग्याल्जेन पिक आरोहण गर्ने निर्णय लिएको थियो। ‘आरोहण टोलीले स्याटेलाइटमार्फत् चुचुरो स्पर्श गरिएको जानकारी दिएका छन्,’ थापाले भने, ‘यो टोलीले ५ हजार ९ सय ३६ मिटर उचाइको जुगल– ४ र ५ हजार ९ सय २२ मिटर उचाइको जुगल– ५ आरोहण गर्ने लक्ष्य बनाएको थियो। प्राविधिक कारणले यी हिमाल आरोहण गर्न सम्भव भएन ।’

थापाको समन्वयमा आएको आरोहण टोलीले गएको आइतबार बिहान पनि ५ हजार ९ सय २२ मिटर उचाइको जुगल– ५ हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। युकेका जेम्स पिटर विलियम्स पेरियरसहित पाँच सदस्यीय टोलीले हिमाल आरोहण गरेका हुन्। थापा पछिल्ला वर्षयता पाँचपोखरी र जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सक्रिय छन्। ‘राजधानीको नजिक रहेको जुगल हिमाल आरोहण अभियानले सिन्धुपाल्चोकको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिनेछ भन्ने विश्वास लिएका छौँ’, उनले भने।

यसअघि जुगल हिमशृंखलाको ६ हजार १ सय ५१ मिटर उचाइको ग्ल्याजेन पिक दुई पटक आरोहण भइसकेको छ। २०८१ साल वैशाख २३ गते नेपाल–कोरिया संयुक्त टोलीले जुगल– १ हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार गाउँपालिकाले आरोहण टोलीलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको छ।

कारले वि.सं. २०८० जेठमा जुगल हिमशृङ्लामा पर्ने ५ वटा चुचुरोहरू आरोहणका लागि खुला गरेको थियो। ६ हजार ५ सय ९१ मिटर अग्लो जुगल– १, ६ हजार ५ सय १८ मिटर अग्लो जुगल– २, ६ हजार १ सय ८४ मिटर अग्लो जुगल– ३, ५ हजार ९ सय ३६ मिटर अग्लो जुगल ४ र ५ हजार ९ सय २२ मिटर अग्लो जुगल ५ लाई पर्वतारोहण प्रयोजनका लागि खुला गर्ने निर्णय गरेको थियो।

सरकारले जुगल हिमशृङ्खलाको व्यावसायिक आरोहणको बाटो खुलाएसँगै बेसक्याम्प पुग्ने र आरोहण गर्ने आरोहीको आर्कषण जुगलमा परेका जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो बताउँछन्। जुगल हिमशृङ्खला काठमाडौंबाट नजिकका चुचुरो मानिन्छन्। तुलनात्मक रूपमा होचा यी हिमालहरु अग्लो हिमाल चढ्नु अगाडिको आरोहण अभ्यासका लागि उपयुक्त मानिन्छन्।

जुगल गाउँपालिका काठमाडौं उपत्यकाबाट ९० किलोमिटर उत्तरपूर्वमा पर्छ। जुगल हिम शृङ्खलामा ६ हजार मिटर भन्दा अग्ला ८ वटा चुचुरो रहेको छन्। पछिल्लो समय स्थानीय सरकारले समेत जुगललाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न प्रयास गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.