मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु
सांकेतिक तस्बिर।

झापा : झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ४ निवासी २६ वर्षीय अभिषेक नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार कार्तिक २९ गते राति साढे ९ बजेको समयमा बुद्धशान्ति-४ मंगलबारेस्थित भित्रि सडकखण्डमा भञ्जयाङबाट मङ्गलबारेतर्फ जाँदै गरेको मे १० प ११०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक नेवारलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो । कार्तिक ३० गते राति ९ बजेको समयमा घाइते भएका उनलाई आफन्तले घर लिई गएकोमा आज बिहान साढे ६ बजे उनको घरमै मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.