प्रतिस्पर्धात्मक खेलमा कर्णालीमाथि चितवनको जित

प्रतिस्पर्धात्मक खेलमा कर्णालीमाथि चितवनको जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ। 

मंगलबारको पहिलो खेलमा त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कर्णालीले दिएको १६७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले पावरप्लेमा २ विकेटको क्षतिमा ४१ रन बनाएको थियो।

कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १७१ रनसहित लक्ष्य पूरा गर्‍यो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। एनपीएलमा उनको यो चौथो अर्धशतक हो। पहिलो संस्करणमा उनले ३ अर्धशतक प्रहार गरेका थिए। 

चितवनले ओपनर डेविड मलान ६ र वान डाउन आएका देव खनाल २ रनमा पेभेलियन फर्किए। 

ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र १ छक्कासहित ४२ रन बनाए। कुशल मल्लले १५ बलमा २ छक्कासहित २० रन बनाए। सैफ जैबले १६ बलमा २ चौका र ४ छक्कासहित ३८ रन बनाए। उनले पाँचौं विकेटको लागि रवि बोपारासँग ५१ रनको साझेदारी बनाउँदै चितवनलाई जितको नजिक पुर्याएका थिए। छैटौं विकेट रवि बोपाराको गयो। अर्जुन साउद ८ र सोहिल तान्भिर शुन्यमा अविजित रहे। 

कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिए। युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीले १–१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको कर्णालीका लागि ओपनर ब्याटर प्रियांक पञ्चालले सर्वाधिक ९० रन बनाए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर म्याक्सवेल ओ डोउडले २० र मार्क वाटले १६ रन बनाए। 

पवन सर्राफ र नाजिबुल्लाह जद्रान क्रमशः २७ र ४ रनमा अविजित रहे। चितवनका लागि बलिङतर्फ सैफ जैब, रवि बोपारा र सोहिल तान्भिरले १–१ विकेट लिए। आजको दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबिच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.