संसद पुनर्स्थापनाका लागि आजदेखि कानुनी लडाइँ र सडक संघर्ष सुरू भयो : ओली

संसद पुनर्स्थापनाका लागि आजदेखि कानुनी लडाइँ र सडक संघर्ष सुरू भयो : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गरेका छन्। च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गरेका हुन्।

उनले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताए। 'आजको बैठकपछि हामी कानुनी लडाइँ र सडक संघर्षमा जान्छौं। म स्पष्ट भाषामा भन्न चाहन्छु, हाम्रो संघर्ष आगजनी, लुटपाट र तोडफोड होइन, शान्तिपूर्ण र संवैधानिक हुन्छ,' उनले भने। आफूहरूको आन्दोलनमा प्रहरीको मनोबल उठाउने र राज्यको शाख बढाउने उनको भनाइ छ। 

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताए। उनले संवैधानिक तवरबाट सरकार नबनेकाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए। 'यसरी सरकार बन्दैन। प्रतिनिधिसभा यसरी भंग हुँदैन। पुनर्स्थापना हुनैपर्छ। हाम्रो संघर्ष शान्तिपूर्ण र अग्रगामीका लागि हुनेछ,' उनले भने।

उनले एमालेको संघर्षमा घुसपैठियाहरू देखिए कठालो समातेर प्रहरीलाई बुझाइने बताए। उनले आफूहरू नागरिकको जीउधनको रक्षा गर्ने गरी आन्दोलन गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.