सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ : महामन्त्री थापा

सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टीको सुधारको दिशाबारे भएको बताएका छन्। नियमित कि विशेष अधिवेशन वा निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने विषयमा चौतर्फी बहस भइरहेका बेला महामन्त्री थापाले अब पुरानो शैलीले काम नचल्ने बताए।

उनले सुधार गरेरमात्र विश्वास फर्किने भएकाले धैर्य गर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। 'कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ। पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौं, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ।'

महामन्त्री थापाले सत्यको पक्षमा उभिँदा पार्टी फुट्ने, बरु झन् बलियो बन्ने दाबी गरेका छन्। उनले भनेका छन्, 'हामी न झुक्छौं, न झुकिन्छौं।'

नियमित महाधिवेशन गर्न संस्थापन पक्षले आनाकानी गरिरहेको महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको भनाइ छ। उनीहरूले विशेष महाधिवेशन निर्विकल्प रहेको बताउँदै आएका छन्। विशेष महाधिवेशनमा जाँदा पार्टी फुट्नसक्ने नेता शेखर कोइरालाको धारणापछि महामन्त्रीद्वयले उनलाई भेटेर आश्वास्तसमेत पारेको स्रोतको भनाइ छ। 

स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासमा रहेको स्रोतले बताएको छ। महाधिवेशन र निर्वाचनका विषयमा स्पष्ट हुन नसकेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि पटक-पटक सर्दै आएको छ। यसअघि मंसिर २ गतेका लागि बोलाइएको बैठक ४ गतेका लागि सारिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.