राष्ट्रियसभाको सचिवमा कँडेल नियुक्त
काठमाडौं : राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबारदेखि लागू हुनेगरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गरेका हुन्।
राष्ट्रियसभाको सचिवमा नियुक्ति भएसँगै कँडेलले मंगलबार नै पद तथा गोपनियताको सपथ लिए। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सपथ खुवाएका थिए।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-८ निवासी कँडेललाई राष्ट्रियसभाको सचिवमा नियुक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
४