स्वदेशमै नर्सिङ पढ्ने वातावरण बन्नुपर्ने जेन–जीको माग

स्वदेशमै नर्सिङ पढ्ने वातावरण बन्नुपर्ने जेन–जीको माग

काठमाडौं : स्वदेशमै नर्सिङ पढ्न नपाएको भन्दै पीडित विद्यार्थीले आन्दोलनको चेतावनी दिएका छन्। देशभित्रै काम मात्रै नभई पढ्नसम्म नपाएको भन्दै उनीहरूले एक हप्ताभित्र पढ्न पाउने वातावरण नबनाए आन्दोलनमा उत्रने चेतावनी दिए। 

मंगलबार रिपोर्टर क्लबमा गरिएको पत्रकार सम्मेनलमा पीडितहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट पढेर देशमै काम गर्ने आफूहरूको योजना सपनामै सीमित हुन थालेको जनाए। आफूहरूको माग एक हप्ताभित्र पूरा नभए चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिए। 

‘यसै वर्षभित्र सीटीईभीटीको छनोट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढाउने व्यवस्था सरकारले मिलाउनुपर्छ’, पत्रकार सम्मेलनमा ती जेन–जीहरूको सामूहिक भनाइ थियो, ‘नर्सिङ शिक्षामा गाउँघरका प्राविधिक विद्यालयहरू बन्द हुने र विद्यार्थी अध्ययनकै लागि सहर वा बिदेसिनुपर्ने समस्याको तत्काल समाधान होस्।’

सीटीईभीटीको लामो भर्ना प्रक्रियाले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थी धेरै भए पनि सीटीईभीटीमा धेरै कम विद्यार्थी भर्ना भइरहेकोले सीटीईभीटीका शिक्षालयहरूमा एसईईको रिजल्ट हुनेबितिकै स्वतः भर्ना खुल्ने र योग्य विद्यार्थी सजिलै भर्ना हुन पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

पत्रकार सम्मेलनमा नर्सिङ पढ्ने बच्चादेखिको इच्छा अब पूरा नहुने भएको भन्दै भर्खरै एसईई उत्तीर्ण छात्राले नर्सिङ पढ्न चाहने विद्यार्थी अत्यधिक हुने भए पनि देशभित्रै नर्सिङ पढ्न नपाइरहेको गुनासो गरिन्। यस्ता पीडा सम्मेलनमा आधा दर्जन छात्राहरूले पोखेका थिए। 

जेन–जी २.० को अगुवाइमा कार्यक्रम भएको थियो। त्यसमा पीडित विद्यार्थीले पीडा पाखेका थिए। साथै जेन–जी २.० का प्रवक्ता अविन लिम्बूले यसका लागि आफूहरूले शिक्षामन्त्री डा. महावीर पुनलाई पनि भेटेको तर समस्याको समाधान नभएको बताए। साथै आफूहरूले सीटीईभीटीमा पुगेर पनि समस्या समाधानका लागि पुगेको तर सीटीईभीटीका सदस्य सचिव आफूहरू नभेटी भागेर हिँडेको आरोप उनले लगाए। ‘समस्या समाधानका लागि हामी सीटीईभीटीको कार्यालय भक्तपुर पुगेका थियौं’, उनले भने, ‘तर सदस्य सचिव भागे। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँंदा कांग्रेसको कोटाबाट सदस्य सचिव पाएका हालका सदस्य सचिवले कांग्रेसी व्यवहार देखाएको उनले आक्रोश पोखे। ‘सरकार हाम्रै हो, त्यसकारण सरकारले नमाने हामी हाम्रै सरकारविरुद्ध पनि आन्दोलनमा जान्छौं’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.